बैतडीमा पासोमा परेको चितुवा भाग्यो

बैतडी- बैतडीमा पासोमा परेको चितुवा भागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं कुमालीगाड भन्ने स्थानमा थापेको पासोमा सोमबार राति चितुवा फसेको थियो । जंगली बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा परेको हो ।

पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली आएको भएपनि मंगलबार राति चितुवा पासो चुँडालेर भागेको डिभिजन वन कार्यालयका वन अधिकृत नरेशचन्द्र कर्णले बताए। चितुवाको घाँटी पासोमा परेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

मंगलबार दिनभरी पासोमै रहेको चितुवाको घाँटीमा ठूलो घाउ परेको छ । मंगलबार रातिको समयमा पासोमा फसेको चितुवा भागेको बताइएको छ । चितुवा घाइते भएको हुनाले स्थानीयबासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको वन अधिकृत कर्णले बताए ।

चितुवाको घाँटीमा ठूलो घाउ भएकाले चितुवा मर्न सक्ने अनुमान समेत गरिएको छ । यसअघि गएको असोज १२ गते बैतडीको दशरथचन्द नगरपालिका –१ खालमा पनि पासोमा परेको चितुवा पासो चुँडालेर भागेको थियो। असोज ११ गते पासोमा फसेको चितुवा दोश्रो दिन भागेको थियो ।

जंगली जनावरबाट बालीनाली जोगाउनका लागि स्थानीय किसानहरुले पासो थाप्दै आएका छन् । पासोमा परेर चितुवा घाइते हुने क्रम बढेको छ भने केही ठाउँमा पासोमा फसेर चितुवा मरेका घटना समेत रहेका डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए ।

Loading...