एकीकृत समाजवादीको सुदूरपश्चिम इन्चार्जमा जोशी नियुक्त

धनगढी- एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्जमा भानुभक्त जोशी नियुक्त भएका छन् ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्षसमेत रहेका जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

महाधिवेशनको ६ महिनापछि एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको छ ।

Loading...