डडेल्धुराबाट चितुवा नियन्त्रणमा

डडेल्धुरा- डडेल्धुराबाट चितुवा नियन्त्रणमा लिइएको छ । जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारमा दिउँसै चितुवा देखिएपछि नियन्त्रणमा लिइएको हो ।

मङ्गलवार दिउँसो २ बजेको आसपास उक्त चितुवा देखिएको सूचना डिभिजन वन कार्यालय, डडेल्धुराले पाएपछि उक्त चितुवालाई नियन्त्रणमा लिएको छ ।

चितुवालाई बेलुका ५ बजेको समयमा स्थानीय र प्रहरीको सहयोगमा उद्वार गरिएको हो । चितुवाको अवस्था केही असामान्य देखिएको वन कर्मचारीहरूले बताएका छन। चितुवाले मन्द विषादी खाएको हुनसक्ने आशँका गरिएको छ ।

Loading...