



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अहिलेको सरकार २०८४ सम्मै जाने दोहोर्याएका छन् । प्रेस युनियन, रुपन्देहीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको उनले दोहोर्याए ।


‘दुई पार्टीबीच भएको सहमतिअनुसार यो सरकार जान्छ’ गृहमन्त्री लेखकले भने, ‘सरकार फेरिने र मन्त्रीहरू फेरिने अनावश्यक हल्ला मात्र हुन् । हाम्रोबीच कुनै समस्या छैन, सुमधुर सम्बन्ध छ । सहमतिअनुसार नै २०८४ को निर्वाचनसम्म पुग्छ । यसमा कसैले आशंका गर्नु पर्दैन ।’
३/३ महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएपछि दुई पार्टी मिल्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

