चार जना लागूऔषधसहित पक्राउ

धनगढी । कैलालीबाट चार जना लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ मनेहराबाट सोही ठाउँ बस्ने २७ वर्षीय भक्तु राना पक्राउ परेका हुन्। रानालाई ८६० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

धनगढी–२ को पुरानो भन्सार नजिकबाट चुरे गाउँपालिका–३ सहजपुर बस्ने २१ वर्षीय संदिप परियार पक्राउ परेका हुन्। परियारलाई पनि १३० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Navadurga sun

यसैगरी धनगढी उपमहानगरपालिका–१३ जनता राष्ट्रिय माध्यमिक स्कुल नजिक जंगलबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २९ वर्षीय सुशान्त सिंह बिष्ट र २९ वर्षकै संजय भट्ट पक्राउ परेका हुन्।

यी दुबै जनालाई ६० मिलिग्राम खैरो हेरोइनसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यी चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...