

अत्तरिया- सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोदावरी नगरपालिका १ अत्तरिया कैलालीको १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।शुक्रबार अत्तरिया स्थित पतञ्जली योग भवनमा एक कार्यक्रमको आयोजना गरी संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।


संस्थाका अध्यक्ष श्याम बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सहकारीका प्रशिक्षक तथा यस संस्थाका संस्थापक सदस्य राजेन्द्र खड्का रहेका थिए ।




त्यस्तै विशिष्ट अतिथि मनाङका मुख्य प्रबन्धक प्रकाश कुमार जोशी रहेका थिए । कार्यक्रमको सञ्चालन सिटी सहकारीका व्यवस्थापक विष्णु खड्का गरेका थिए भने संस्थाका सञ्चालक समिति सदस्य तिलक खनालले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
संस्थामा कर्मचारी सङ्ख्या ८ जना रहेकाे संस्थामा कुल सदस्य सङ्ख्या १ हजार ४ सय १० जना रहेका छन् । संस्थाको २०८१ साल असार मसान्त सम्म निक्षेप सङ्कलन ५ करोड २७ लाख ४१ हजार १४१ रुपैयाँ असार मसान्तसम्मको शेयरपुजी १ करोड ५७ लाख ६७ हजार ७ सय पुगेको छ । संस्थाको यस वर्षको खुदनाफा १२ लाख २६ हजार ५६ र गतवर्षको खुदनाफा २ लाख ४७ हजार ६ सय ७ रहेको छ ।
कार्यक्रममा बोल्दै वक्ताहरूले सिटी सहकारी संस्था १३ वर्ष सम्म सफलता प्राप्त गर्दै गइरहेको र अझै पनि सफलता प्राप्त गर्ने विश्वास सँगै यसलाई अझ सफल बनाउन सबैको विश्वास र सहयोग आवश्यक पर्ने शेयर सदस्यहरूले संस्थामा बदमासी गर्ने भन्ने डर नमाने पनि हुन्छ भनेका छन् । यस संस्थालाई अझै बढाउन सबैले एकजुट भएर लाग्नु पर्ने यस संस्थाका सबै कर्मचारी तथा सञ्चालक समितिहरू स्थानीय रहेको र सबैको बचत सुरक्षित भएको बताए ।

