साना किसान कृषि सहकारी संस्था मालाखेतीको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया, २५ मंसिर- साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेती कैलालीको २८औ वार्षिक साधारण सभा  सम्पन्न भएको छ । सोमबार संस्थाकै प्राङ्गणमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष तेजराज अवस्थीको  सभापतित्वमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय खेमादेवी  बिष्ट प्रमुख अतिथि रहेकी थिइन् ।त्यस्तै विशिष्ट अतिथिहरूमा साना किसान रैकाबार बिछुवाका अध्यक्ष जय हिँ बिष्ट र साना किसान श्रीपुरका अध्यक्ष केशव बिनाडी रहेका थिए । साना किसान संस्थाकै संस्था सहायक विपना लामाले कार्यक्रम सञ्चालन गरिन् भने संस्थाका सञ्चालक समिति सदस्य बलबहादुर चौधरीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

Navadurga sun

संस्थामा १० जना कर्मचारीहरु ७७६ वटा समूहहरु र ५ हजार २७६ सदस्य सङ्ख्या रहेको छ । संस्थाको यस वर्षको शेयरपुँजी ३ करोड १७ लाख १२ हजार ४ सय रहेको छ भने गत वर्षको शेयरपुँजी २ करोड ७८ लाख २१ हजार ७ सय रहेको थियो ।

संस्थामा कुल निक्षेप यस वर्ष २१ करोड ५४ लाख ७४ हजार ७ सय ८३ रहेको छ । संस्थाको यस वर्षको कुल सम्पत्ति ४२ करोड ४० लाख २७ हजार ८ सय ५५ र गत वर्षको सम्पत्ति ४५ करोड २ लाख १६ हजार ९ सय १३ रहेको छ । संस्थाको यस वर्षको खुदनाफा/नोक्सान १ करोड ३ लाख ३० हजार ६ सय ५२ र गत वर्षको खुदनाफा नोक्सान ९६ लाख ८० हजार २ सय ६१ रहेको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरूले संस्थाका सदस्यहरूबाट लिएको बचत तथा ऋण कसैलाई पनि कुनै हालतमा मिना नहुने र आज संस्थाको पर्व भएकोले सबैले साधारणसभामा उपस्थित हुनुपर्ने हामीहरुले सहकारी सम्बन्धी कानुन बनाएर जानुपर्ने र गरिब व्यक्तिहरूको जम्मा गरेको रकम कसैले पनि हिनामिना गर्न नपाउने किसानका अधिकारहरू राज्यले सम्बोधन गर्नुपर्ने बिउ बिजन मल सिँचाइ बजारीकरण इत्यादि मा साना किसानको ध्यान जानुपर्ने लगायतका कुराहरु  बताएका हुन् । 

ADD Khali jpg
ADD Khali jpg
Loading...