साना किसान कृषि सहकारी संस्था मालाखेतीको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया, २५ मंसिर- साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेती कैलालीको २८औ वार्षिक साधारण सभा  सम्पन्न भएको छ । सोमबार संस्थाकै प्राङ्गणमा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष तेजराज अवस्थीको  सभापतित्वमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय खेमादेवी  बिष्ट प्रमुख अतिथि रहेकी थिइन् ।त्यस्तै विशिष्ट अतिथिहरूमा साना किसान रैकाबार बिछुवाका अध्यक्ष जय हिँ बिष्ट र साना किसान श्रीपुरका अध्यक्ष केशव बिनाडी रहेका थिए । साना किसान संस्थाकै संस्था सहायक विपना लामाले कार्यक्रम सञ्चालन गरिन् भने संस्थाका सञ्चालक समिति सदस्य बलबहादुर चौधरीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

संस्थामा १० जना कर्मचारीहरु ७७६ वटा समूहहरु र ५ हजार २७६ सदस्य सङ्ख्या रहेको छ । संस्थाको यस वर्षको शेयरपुँजी ३ करोड १७ लाख १२ हजार ४ सय रहेको छ भने गत वर्षको शेयरपुँजी २ करोड ७८ लाख २१ हजार ७ सय रहेको थियो ।

संस्थामा कुल निक्षेप यस वर्ष २१ करोड ५४ लाख ७४ हजार ७ सय ८३ रहेको छ । संस्थाको यस वर्षको कुल सम्पत्ति ४२ करोड ४० लाख २७ हजार ८ सय ५५ र गत वर्षको सम्पत्ति ४५ करोड २ लाख १६ हजार ९ सय १३ रहेको छ । संस्थाको यस वर्षको खुदनाफा/नोक्सान १ करोड ३ लाख ३० हजार ६ सय ५२ र गत वर्षको खुदनाफा नोक्सान ९६ लाख ८० हजार २ सय ६१ रहेको छ ।

कार्यक्रममा बोल्दै वक्ताहरूले संस्थाका सदस्यहरूबाट लिएको बचत तथा ऋण कसैलाई पनि कुनै हालतमा मिना नहुने र आज संस्थाको पर्व भएकोले सबैले साधारणसभामा उपस्थित हुनुपर्ने हामीहरुले सहकारी सम्बन्धी कानुन बनाएर जानुपर्ने र गरिब व्यक्तिहरूको जम्मा गरेको रकम कसैले पनि हिनामिना गर्न नपाउने किसानका अधिकारहरू राज्यले सम्बोधन गर्नुपर्ने बिउ बिजन मल सिँचाइ बजारीकरण इत्यादि मा साना किसानको ध्यान जानुपर्ने लगायतका कुराहरु  बताएका हुन् । 

Loading...