लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–६ त्रिवेणी चोकबाट सोही ठाउँ बस्ने २३ वर्षीय राहुल डगौरा र २५ वर्षीय सञ्जु डगौरा पक्राउ परेका हुन्।

यी दुबै जनालाई शुन्य दश्मलव ३८ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको हो। यस्तै भीमदत्त नगरपालिका–३ भाँसीबाट सोही ठाउँ बस्ने ३० वर्षीय टेक राज जोशी पक्राउ परेका हुन्।

Navadurga sun

जोशी शुन्य दश्मलव १४ ग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तीनै जनालाई आइतवार नियन्त्रणमा लिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...