बाजुराको स्वास्थ्य चौकीमा आगलागी

बाजुरा- बाजुराको हिमाली गाउँपालिका–५ स्थित रुगीन स्वास्थ्य चौकीमा आगलागी भएको छ ।

Dadeldhura hospital

आइतबार दिउँसो भएको आगलागीबाट स्वास्थ्य चौकीको १० कोठे भवन सहित त्यहाँ रहेका सम्पूर्ण स्वास्थ्य उपकरण, औषधि लगायत सामग्री नष्ट भएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताए ।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य चौकीमा रहेको विद्युतीय उपकरण चलाउने बेला आगलागी भएको बुझिएको भण्डारीले बताए । त्यहाँ भिडियो एक्सरे मेसिन, औषधि, ल्याब लगायतका थुप्रै स्वास्थ्य उपकरण थिए,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने, ‘त्यहाँ बर्थिङ सेन्टर पनि थियो । झण्डै एक करोड मूल्य बराबरका त स्वास्थ्य सामग्री मात्रै थिए ।

Loading...