बैतडीमा निस्सासिएर एक विद्यार्थीको मृत्यु

बैतडी- बैतडीमा निस्सासिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

Ganyapdhura gau

जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत सुर्नया गाउँपालिका–५ घर भएका प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ बर्षीय अपिल बिष्टको मृत्यु भएको पाटन नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष कालुसिंह भाटले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

डेरामा बस्दै आएका बिष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए । एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइला समेत लगेर गएका र राति उनी निस्सासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

ढोका लगाएर सुतेका उनको निस्सासिएर मृत्यु भएको उनले बताए । कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो ।

तत्काल उपचारका लागि डडेल्धुरा अस्पातल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेको वडाअध्यक्ष भाटले जानकारी गराए । मृतक अपिलका बुवा नरेश बिष्ट रोजगारीको सिलसिलामा भारतमा छन् ।

Couple
Loading...