धनगढी- कैलालीको धनगढीबाट एक युवती सम्पर्क विहिन भएकी छन् । डोटीको शिखर नगरपालिका–१० की २९ वर्षीया बिन्दु सुनार धनगढीबाट सम्पर्क विहिन भएकी हुन् ।



यही मंसिर २१ गते माइती घर कञ्चनपुरको गजरौलाबाट निसर्ग अस्पताल धनगढी पुगेकी उनी सम्पर्कविहिन भएको आफन्तले बताएका छन् ।

ती युवती बिगत ३ महिनादेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको र सोही दिन पनि औषधी लिन्छु भनेर गएको तर सोही मिति देखि सम्पर्कमा नआएकोले खोजीकार्यमा सहयोग गरिदिन अर्थात फेला पार्नुहुने महानुभावले ९८६०३५९४८०, ९८६३०९५८१५ र ९८६९९०९००२ मा सम्पर्क गरिदिन आफन्तले सबैमा आग्रह गरेका छन् ।