कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, पाँच सेल अश्रुग्यास प्रहार, १७ बढी घाइते

कञ्चनपुर, ४ भदौ- कञ्चनपुरमा शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा परेर दुवैतर्फका १७ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ताला खोलेपछि झडप भएको हो। दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो।

झडपको स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए। अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको उनले बताए। शुक्रबार विहानै देखि नगरपालिका क्षेत्र तनाबग्रस्त बनेको छ ।

Navadurga sun

शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको वैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि उनीहरु आन्दोलित भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित मनपरी ढंगले दरबन्दी मिलान गरेको भन्दै उनीहरु करिब एक महिना देखि आन्दोलनरत भएका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...