सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदै

धनगढी । कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव सुरु हुँदैछ। महोत्सवको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कैलाली उद्योग वाणिज्य सघंका महासचिव ओम बिष्टले बताए।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा हुने महोत्वस पुस २ गतेसम्म सञ्चालन हुनेछ। कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ५३१ वटा स्टल रहने आयोजकले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...