अत्तरिया- मोटरसाइकल दुर्घटना हुँदा कैलालीको गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट घाइते भएका छन् ।



वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका भट्ट मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका हुन् । गोदावरी नगरपालिका–१ बिजौरास्थित सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा उनी घाइते भएका छन् ।

वडा अध्यक्ष भट्टको हात, खुट्टा र मुखमा चोट लागेको छ । अर्का मोटरसाइकल चालकलाई भने सामान्य चोट लागेको छ ।
घाइते भट्टको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको गोदावरी नगरपालिका वडा नम्बर १ मा कार्यरत कमल शाहले बताए । कल्भर्टको अनुगमन गर्नेक्रममा दुर्घटना भएको उनले बताए ।