महोत्सव मनाउन लम्किचुहा नगरपालिकाले दियो तीन दिन बिदा

धनगढी । कैलालीको लम्किचुहा नगरपालिकाले महोत्सवका लागि सबै विद्यालयमा तीन दिन बिदा दिएको छ । नगरपालिकाले लम्की महोत्सव मनाउन आज (शुक्रबार) देखि आइतबार (मंसिर १६ गते) सम्म तीन दिन स्थानीय बिदा दिएको हो । मंसिर ६ गतेदेखि शुरू भएको महोत्सव आइतबार नै सकिँदै छ ।

महोत्सवमा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी र विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने भन्दै तीन दिन बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

Navadurga sun

लम्कीचुहा उघोग वाणिज्य संघको आयोजनामा यही मंसिर ६ गते देखि १६ गतेसम्म सञ्चालन भैरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ,ु निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले जारी गरेको सूचनामा भनिएको छ ।

महोत्सवका नाममा तीन दिन बिदा दिने नगरपालिकाको निर्णयको भने व्यापक विरोध भैरहेको छ । महोत्सवको बहानामा पठनपाठन बन्द गर्ने कार्य गलत भएको विरोध भएको हो ।

यस्तो छ नगरपालिकाको सूचना

null

ADD Khali jpg
ADD Khali jpg
Loading...