कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको टीकापुर नगरपालिका–९ झुंगाको भित्री सडक खण्ड र कैलारी गाउँपालिका–५ मनिकापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २७ हजार ६७० मूल्यको भन्सार छलीका सामान बरामद गरिएको हो।

उक्त स्थानबाट बदाम, सुटपिस, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया र बेलडाँडी गाउँपालिका–५ झिलमिला हल्दारचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३९ हजार ८८० बराबरको सामान बरामद गरिएको हो।

कञ्चनपुरबाट शुट, पेय पदार्थ, कुरकुरे, बिस्कुट, चक्लेट, साबुन, सुर्ती, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...