कैलाली भन्सार कार्यालय प्रथम चौमासिकमा राजश्व संकलनमा फेल

कैलाली- कैलाली भन्सार कार्यालयले प्रथम चौमासिकमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि कार्तिक मसान्तसम्म लक्ष्य अनुसारको राजश्व संकलन गर्ने नसकेको हो ।

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी तेजबहादुर रावलले क्षमता अनुसारको राजश्व संकलन भइरहेको बताए । उनले भने, ‘बजारमा माग भयो भने मालवस्तु आयात हुने हो । आयात कम भयो भने राजश्व घट्ने हो । त्यही भएर अहिले बजारमा माग पनि नभएको अवस्था हो की ? जति माग हुन्छ त्यति आयात हुने हो। त्यही भएर अलिकति आयात कम भएको हुनाले राजश्व विगतको तुलनामा कम भएको हो ।’

godawari10 Mahila hinsa
Navadurga sun

कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य कम छ। तर पनि लक्ष्य अनुसारको राजश्व भने संकलन गर्ने सकेको छैन् । भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिकमा तीन अर्ब ५१ करोड ३३ लाख लक्ष्य रहेकोमा दुई अर्ब ४१ करोड ३८ लाख मात्रै राजश्व संकलन भएको छ ।

Dadeldhura hospital

जुन लक्ष्यको ६८.७० प्रतिशत हो । पहिलो चौमासिकमा संकलित राजश्व वार्षिक लक्ष्यको २१.६२ प्रतिशत हो । कैलाली भन्सार कार्यालय चालु आर्थिक बर्षमा ११ अर्ब १६ करोड २८लाख ३० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/०८१ को प्रथम चौमासिकमा पनि लक्ष्यअनुसार राजश्व संकलन गर्ने सकेको थिएन । गतआर्थिक वर्षको प्रथम चौमासिकमा तीन अर्ब ५६ करोड नौ लाख लक्ष्य रहेकोमा दुई अर्ब २३ करोड ३६ लाखमात्रै राजश्व असुली गरेको थियो ।

चालु आर्थिक वर्षको प्रथम चौमासिकको साउन महिनामा ८२ अर्ब ९४ करोड ६९ लाख लक्ष्य रहेकोमा ५७ अर्ब ५० करोड ७३ लाख मात्रै राजश्व असुली भएको छ । भदौ महिनामा ९० अर्ब ८३ करोड ८१ लाख लक्ष्य रहेकोमा ५३ अर्ब ८४ करोड ९९ लाख मात्रै राजश्व असुली गरेको हो । यस्तै असोज महिनामा ८७ अर्ब ६१ करोड ७९ लाख लक्ष्य रहेकोमा ६७ अर्ब २४ करोड ९१ लाख मात्रै राजश्व असुली गरेको छ । कार्तिक महिनामा ८९ अर्ब ९३ करोड ३३ लाख लक्ष्य रहेकोमा ६२ अर्ब ७८ करोड ३२ लाख मात्रै राजश्व असुली भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

सूचना अधिकारी रावलका अनुसार चालु आर्थिक वर्षको राजश्व संकलन पनि विगतका वर्षहरुको राजश्व संकलनको जस्तै छ । चालु आवमा केही सुधार भए पनि लक्ष्य पुरा गर्न गाह्रो नै रहेको रावलले बताए । विद्युतीय सवारी साधनले गर्दा पेट्रोलियम पदार्थको आयातमा कमी आउँदा राजश्व संकलनमा पनि असर परेको उनले बताए । राजश्वको लक्ष्य घटाउनका लागि विभागमा पहल भइरहेको उनको भनाइ छ ।

भन्सार क्षेत्र भन्दा बाहिरबाट आयात भइरहेकाले त्यसलाई नियन्त्रण गर्नेका लागि गस्ती समेत गरिरहेको उनले बताए । उनले खुल्ला सिमानाका कारण राजश्व चुवावट हुँदा पनि लक्ष्य अनुसार राजश्व संकलन हुन नसकिरहेको बताए । चालु आर्थिक बर्षको राजश्व संकलन लक्ष्य गत वर्षको तुलनामा ४१ अर्ब १९ करोड आठ लाख ४० हजार कम हो । गत आर्थिक वर्ष ०८०/०८१ मा पनि कुनै महिनामा राजश्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन ।

गत आर्थिक वर्ष २०८०/०८१ मा ११ अर्ब ५८ करोड २४ लाख ७० हजार राजश्व संकलनको वार्षिक लक्ष्य रहेकोमा सात अर्ब ९१ करोड ८० लाख ६८ हजार मात्रै राजश्व संकलन भएको थियो । जुन लक्ष्य भन्दा झण्डै ३१ दशमलव ६४ प्रतिशत कम अर्थात ६८ दशमलव ३६ प्रतिशत मात्रै राजश्व असुली भएको थियो ।

Loading...