कैलालीमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल

gyan kendra dadel

धनगढी- कैलालीमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल फेला परेका छन् । एउटै नम्बर प्लेटका २ मोटरसाइकल फेला परेपछि प्रहरीले कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमील्सेनाका भान्से सहित दुई जनालाई पक्राउ गरेको छ ।

Khanepani dadeldhura
udhok dadeldhura

भन्सार प्रमुखका भान्से समेत रहेका धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय रोहित महता र ग्यारेज सञ्चालन गर्दै आएका २५ वर्षीय प्रकाशप्रसाद उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले बताए ।

ajaymeru gaupalika

उनका अनुसार उस्तै अल्फाबेट र नम्बर प्लेटका मोटरसाइकल चलाएको भन्दै निबेदन परेको थियो । दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुमाथि किर्ते तथा अपराधिक लाभमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । रोहितले सुदूरपश्चिम प्रदेश ०२००४ प ४१४८ नम्बरको मोटरसाइकल चलाउँदै आएका थिए । सोही नम्बरको मोटरसाइकल उनले लिलामी मार्फत खरिद गरेर बिक्री गरेको पाइएको छ ।

Loading...