बैतडीमा प्राधिकरणका ग्राहकहरुबाट ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी

बैतडी- बैतडीमा विद्युत प्राधिकरणका ग्राहकहरुबाट ८० लाख बढी बक्यौता रकम उठाउन बाँकी रहेको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार विद्युत महसुल बाफतको ८० लाख ९९ हजार ३६२ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ ।

Ganyapdhura gau

मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका ५ सय ७९ ग्राहकहरुबाट उक्त रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।

Navadurga sun
Godawari sandesh

८४ ओटा सरकारी कार्यालयहरुबाट १७ लाख १९ हजार २३५ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । ती मध्ये ५९ ओटा सदरमुकामका कार्यालय र २५ ओटा पाटन क्षेत्रका कार्यालयहरु रहेका छन् । यस्तै अन्य ४ सय ९५ ओटा ग्राहकबाट ६३ लाख ८० हजार १२६ रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख पौडेलले बताए ।

Dadeldhura hospital

समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य शुरु भइसकेको उनले बताए । नेपाल विद्युत प्राधिकरणले मिटिर रिडिङ भएको ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइने काट्ने नीति लिएको छ ।

सोही नीति अनुसार समयमा महसुल नबुझाउने ग्राहकको यो बर्ष पनि लाइन काट्ने कार्य शुरु भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । उनले भने,‘हामीले समयमा महसुल बापतको बक्यौता रकम नबुझाउने ग्राहकको लाइन काट्न शुरु गरिसकेका छौं ।सबै ग्राहकलाई समयमा महसुल बुझाउन आग्रह गरिरहेका छौं ।’

बैतडीमा गत आर्थिक बर्षमा समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर ६४ लाख रुपैयाँ बक्यौता रकम असुल गरिएको थियो । लाइन काटेपछि महसुल तिर्नेहरुको प्राधिकरणले पुनः लाइन जोड्ने गरेको छ ।

विद्युत प्राधिकरणले स्थानीयस्तरमा लाइन काट्दै गर्दा ठूला उद्योगीहरुबाट महसुल बाफतको रकम असुल नगरेको भन्दै असन्तुष्टी व्यक्त गरिएको छ । सर्वसाधारण लाइन काट्ने प्राधिकरणले विद्युत उपभोग गरेर महसुल नतिर्ने उद्योगीहरुबाट पनि महसुल असुल गर्नुपर्ने उनीहरुको धारणा छ ।

Couple
Loading...