नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने






काठमाण्डौँ– नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको केन्द्रीय समितिको बैठकले चैत २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।


महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ । निर्वाचनका कार्यक्रम चैत ७ गते सार्वजनिक गरिने बताइएको छ ।



