बैतडीमा ६ पलसबाट म्याद नाघेका सामान बरामद

बैतडी- बैतडीमा म्याद नाघेका सामान बेच्ने क्रम बढेको छ ।जिल्लाको संयुक्त बजार अनुगमन समितिले देहीमाण्डौंमा शुक्रवार बजार अनुगमन गरेको थियो ।

Ganyapdhura gau
Dadeldhura hospital

बजार अनुगमनका क्रममा देहीमाण्डौंमा २५ ओटा पसल अनुगमन गर्दा ६ वटा पसलबाट म्याद गुज्रेका सामग्री बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए ।

Navadurga sun
Godawari sandesh

ती पसलहरुबाट ६ हजार ६ सय ३० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको उनले बताए ।

बजार अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद नाघेका सामग्री विक्रिवितरण नगर्न आग्रह गरिएको कठायतले बताए । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा बजार अनुगमन गरिएको थियो ।

Couple
Loading...