नेपाल मास्क अभियान अन्तर्गत “तपाईको मास्क खोई…..?” अभियान संचालन

अत्तरिया, ३२ साउन- नेपाल मास्क अभियान अन्तर्गत “तपाईको मास्क खोई…..?” भन्ने नारा सहित कञ्चनपुरको कृष्णपुरमा मास्क वितरण अभियान संचालन गरिएको छ । कृष्णपुर नगरपालिका गुलरिया र ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरले संयुक्त रुपमा आयोजना संचालन गरेको हो ।

गुलरिया बजार क्षेत्रमा माक्स नलगाएका व्यक्तिहरुलाई माक्स लगाउन प्रेरित गर्दै मास्क वितरण अभियानमा मास्क विना प्रवेश निषेध, भौतिक दुरी कायम गरौं लगायतका पम्पलेट सहित मास्क वितरण गरिएको थियो । सरोकारवाला निकायसँग सहकार्य गर्दै नगरवासीलाई मास्क लगाउन अनुरोध समेत गरिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कोरोनाको तेश्रो भेरिएन्टको जोखिम देखिन थालेपछि आवश्यक सावधानी अपनाउन नगरवासीलाई सुझाव दिईरहहेको नगरप्रमुख कर्ण बहादुर हमालले बताएका छन् । माक्स खोई अभियानमा’ प्रहरी, स्वास्थ्यकर्मी र वडा तहका प्रतिनिधि स्थानीय नागरिक, सडकमा गाडी चलाउने चालक-सहचालक, विभिन्न कन्ट्रक्सनका मजदुर लगायतलाई माक्स वितरण गरेको उनले बताए । कोरोनाको तेश्रो लहरको त्रास बढिरहेको बेला जनचेतना अभिवृद्धि तथा माक्स वितरण गरिनु स्वागत योग्य कदम भएको नगरप्रमुख हमालले बताए ।

कोभिड १९ संक्रमणबाट आफू पनि बचौ र अरुलाई पनि बचाऔं अभियानमा संलग्न सबैलाई नगर प्रमुख कणर् बहादुर हमालले हार्दिक धन्यवाद ज्ञापन समेत व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा स्थानीयवासी र विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुको समेत सहभागी रहेको थियो ।

Loading...