कैलालीकी अन्जु बेलौरीबाट सम्पर्क विहिन

बेलौरी- कैलालीकी १५ वर्षीया अन्जली कोइराला (अन्जु) सम्पर्क विहीन भएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका –५ चौरी घर भएकी अञ्जु कञ्चनपुरको बेलौरीबाट हराएकी हुन ।

बेलौरी नगरपालिका –४ मोतिपुर मामाघर बस्ने अन्जु यही कार्तिक २५ गतेदेखि हराएको परिवारले जनाएको छ ।

पारिवारीक स्रोतका अनुसार मामाघरबाट स्कुलको जुत्ता किन्छु भनी कार्तिक २५ गते बिहान ११ बजे बेलौरी बजार निस्केकी अन्जु त्यसपछि सम्पर्कमा आएकी छैनन् ।

उनलाई कसैले देखे नजिकको प्रहरी कार्यालय वा ९८६५९३७८००, ९८५८७५११०४ नम्बरमा सम्पर्क गरी खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

Loading...