जेठानीले काठको चिर्पट प्रहार गर्दा देवरानीको मृत्यु

बैतडी- बैतडीमा जेठानीले काठको चिर्पट प्रहार गर्दा देवरानीको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा ३० वर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

Ganyapdhura gau

घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सोमवार राति ८ बजेको समयमा जेठानी दिपाले घरायसी विवादका क्रममा देवरानी सुनिताको टाउकोमा हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

चिर्पटले हानेर देवरानीको हत्या गर्ने दिपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । घटनाका बिषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताएका छन् ।

Couple
Loading...