सरकार बिचौलियाको काम गरिरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्।मकवनपुरको थाहा नगरपालिकामा आइतबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारको १०० दिनको काम र जनतामा बढेको आक्रोशले यसको पुष्टि गरेको दाबी गरे। उनले सरकारले संविधान संशोधन गरेर प्राप्त उपलब्धिलाई उल्टाउने तयारीमा लागेको भन्दै त्यसो हुन नदिने बताए।

Ganyapdhura gau
Dadeldhura hospital

भ्रष्टाचारको प्रणालीमै रहेको भन्दै प्रचण्डले चुनावी प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिए। उनले सांसद हुनुका लागि निकै ठूलो धनराशी खर्च गर्नुपर्ने, सांसद भएपछि मन्त्री बन्नैपर्ने र खर्च उठाउनैपर्ने मान्यताका कारण सुशासन कायम हुन नसकेको तर्क गरे।

Navadurga sun
Godawari sandesh

उनले संघीयता, समावेशिताको वास्तविक कार्यन्वयनका लागि संविधानको रक्षा गर्नु आफूहरुको दायित्व रहेको बताए। उनले आफ्नो पार्टी अहिले सबैभन्दा सहज स्थितिमा रहेको र जनतामा गएर समीक्षा गर्ने अवसर पाएको धारण राखे।

प्रचण्डले अब बस्ने पार्टीको बैठकले देशैभर सबै पालिकामा कार्यक्रम लिएर जाने तयारीमा रहेको जानकारी दिए।

Couple
Loading...