नेपाल र भारतका जिल्ला अधिकारीबीच छलफल

दार्चुला- नेपाल र भारतका जिल्ला अधिकारीबीच छलफल भएको छ। भारतीय पक्षले महाकाली नगरपालिका–५ मा भारतीय आर्मी क्याम्प गलाती नजिक तटबन्ध निर्माण गरेपछि नेपालको तर्फबाट भारतीय पक्षलाई पत्राचार गरिएको थियो।

Ganyapdhura gau
Dadhaldhura pur

सोही विषयमा छलफल गर्न शुक्रवार बैठक बसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।

Navadurga sun

भारतीय निर्माण कम्पनीले सो स्थानमा अढाई किलोमिटर लम्बाइका चार वटा तटबन्ध निर्माणको काम गरिरहेको छ। झन्डै ७० करोड भारुको लागत रहेको उक्त तटबन्ध निर्माण कार्यको जिम्मा अरुण कम्पनी, विष्ट कन्स्ट्रक्सन र धामी कन्स्ट्रक्सनले पाएको छ। निर्माण कार्य सिचाइ विभाग धारचुला अन्तरगत सञ्चालन भइरहेका छन्।

बैठकमा नेपालको तर्फबाट जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाली सेनाका मेजर बुद्ध देवकोटा, प्रहरी प्रमुख प्रकाश दाहाल लगायतकाको उपस्थिति रहेको थियो भने भारतीय पक्षबाट डिएम सरदार मञ्जीर सिंह, आइटी कनेल मोहन चन्द्र, सिचाइ विभाग प्रमुख प्रमोद मिश्र, भारतीय प्रहरी धारचुलाका विजय शाह लगायत अधिकारीहरूको सहभागिता रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...