कञ्चनपुरमा कोरोनाको तेस्रो लहर रोक्न के–के छन् त तयारी ?

कञ्चनपुर, ३२ साउन– कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्व तयारी थालिएको छ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभरि मास्क लगाउने अभियानसँगै स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको छ।

‘सीमा नाका भएर आउने व्यक्तिहरुको हेल्थ डेस्कमा जाँच गरेर मात्रै पठाउने गरेका छौं‚’ उनले भने, ‘स्थानीय तह, संघ संस्था संगको समन्वयमा एम्बुलेन्सको व्यवस्था समेत गरिएको छ।’
त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक एक हजारजना अटने होल्डिङ सेन्टर निर्माण भैरहेको छ। होल्डिङ सेन्टर निर्माण केही दिनभित्रै पूरा हुने प्रजिअ पाण्डेयले बताए।

Navadurga sun
Godawari sandesh

यस्तै‚ महाकाली अस्पतालमा बालबालिकालाई लक्षित गरी ५० शय्या थप्ने काम भइरहेको छ। काम दुई महिलाभित्र तयार हुने पाण्डेयले बताए। अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया सुरु भैसकेको र केही दिनभित्रै जडानका सुरु हुने उनले बताए।

यस्तै‚ कोरोनाविरुद्धको खोप लगाउने कार्य पनि जारी छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप शाखा प्रमुख जनक कुवँरका अनुसार हालसम्म ३५ प्रतिशतले खोप लगाएका छन्। पहिलो मात्राको खोप एक लाख १२ हजार जनाले लगाइसकेका छन्। दोश्रो मात्रा लगाएका ७४ हजार छन्।

Dadeldhura hospital

खोप जारी :
जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी छ। स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरका अनुसार हालसम्म योे खोप ३५ प्रतिशतले लगाइसकेका छन्। पहिलो मात्राको खोप एक लाख १२ हजारले लगाएका छन्। “भदौ पहिलो साताभित्रै पहिलो खोपको मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइसक्छौँ”, उनले भने। हालसम्म खोपको दोस्रो मात्रा लगाउने ७४ हजार छन्।

‘जोन्सन एण्ड जोन्सन’ खोप २७ हजार चार सयलाई लगाइएको छ। स्वास्थ्य कार्यालयसँग १० हजार खोप भण्डारण गर्ने क्षमता छ। खोपको दोस्रो मात्रा लगाइसकेपछि बचेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई लगाउने कार्यालयको योजना छ।

मास्क अभियान :
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लामा प्रहरी र स्थानीय तहका समन्वयमा कोरोना रोकथामका लागि नेपाल मास्क अभियान सञ्चालन गरिएको छ। जिल्लाका नौ वटै स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ ।कोभिड– १९ सङ्क्रमणबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य मापदण्डको पूर्णपालना नगरी मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारण, सवारी चालक, सहचालक र यात्रुलाई सतर्क पार्न थालिएको छ।

विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरी र निःशुल्क रुपमा मास्क वितरण अगाडि बढाइएको छ। आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने हेतुले अभियान प्रभावकारीरूपमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज न्यौपानेले बताए।

प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार आइतबार मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरी लापरवाही गर्ने व्यापारी र उपभोक्ता गरी ५६ जनालाई कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरी सचेत गराइएको थियो। (रासस)

Loading...