अत्तरियामा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते

अत्तरिया- कैलालीको अत्तरियामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।

Dadeldhura hospital

गोदावरी नगरपालिका–१ अत्तरियामा से १ ख ९१५ नम्बरको बस र सुदूरपश्चिम प्रदेश २०३१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परेर दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

घाइते हुनेमा चुरे गाउँपालिका–१ का ३० वर्षीय नरेश बम र २९ वर्षीय नवीन बम रहेका छन् । दुबै जनालाई उपचारका लागि भारत रिफर गरिएको छ ।

दुर्घटनापछि फरार रहेका बस चालक जोशीपुर गाउँपालिका–६ का दीपक डँगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Loading...