भरुवा बन्दुक कारोबारी सहित तीन जना पक्राउ

बाजुरा- बाजुरामा भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको गौमुल गाउँपालिका–६ सटेडाबाट भरूवा १० थान भरुवा बन्दुक र बन्दुकको ३३ थान नालसहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

गौमुल गाउँपालिका–६ का ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका–१ सलेनाका ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की पक्राउ परेका छन् ।

गोरेको घरमा अवैध भरूवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घरभित्र लुकाई राखेका बन्दुक फेला पारी पारेर गोरे तथा बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ ।

यस विषमा थप अनुसन्धान अघि बढाएको बाजुरा प्रहरीले जनाएको छ ।

Loading...