दार्चुलाबाट भन्सार छलीका सामान सहित एक जना पक्राउ

दार्चुला- दार्चुलाबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन् ।

Dadeldhura hospital

पक्राउ पर्नेमा डिलाशैनि गाउँपालिका–१ बस्ने ३१ वर्षीय सागर राना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रहरीका अनुसार मालिकार्जुन गाउँपालिका–८ पस्ती स्थित सुदूरपश्चिम प्रदेश ०१-००१ ज ११९० नम्बरको जिपलाई चेकजाँच गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५ लाख ५८ हजार बराबरको बिडी, सुर्ती, सलाई सहित चालक रानालाई पक्राउ गरिएको हो ।

रानालाई प्रहरी चौकी पस्ती, दार्चुलाबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान, जिप र उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय दार्चुलामा पठाईएको छ ।

Loading...