आईतबार थप २२१२ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं, ३१ साउन– पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Dadeldhura hospital

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ६७ जना निको भएका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३२ हजार ६ सय ९१पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २ सय ९२ पुगेको छ भने ६ लाख ८२ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएका छन्।

Navadurga sun
Godawari sandesh

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ जना रहेका छन् । जसमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७५८ जना आईसीयू र १ सय ९३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

त्यस्तै १० वर्ष मुनिका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

Loading...