सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मतिले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। उनी अहिले परराष्ट्र सचिव छिन्।

Ganyapdhura gau
Dadhaldhura pur

उनलाई समितिले अनुमोदन गर्नुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले देशको हितमा काम गर्न सक्नुहुन्छ भनेर प्रश्न सोधेका थिए। ‘राजदूत भनेको अवकाशको जीवन जिउने भनिन्छ, देशको हितमा काम गर्नुहुन्छ,’ उनको प्रश्न थियो। त्यसको जवाफमा लम्सालले भनिन्,‘मसँग भूराजनीतिमा काम गरेको अनुभव छ। देशको लागि मिल्ने कुरा गरेर देखाउँछु।’

Navadurga sun

उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाई गरेको थियो। भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिफारिस गरेको थियो। उनीविरूद्ध इसरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...