कैलालीकाे अत्तरियामा रहेको सुरक्षा महिला सामुदायीक वनको साधारण सभा सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ मा रहेको सुरक्षा महिला सामुदायीक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न भएको छ । मंगलबार वनको २० औं साधारण सभा सम्पन्न भएको हो ।

सामुदायीक वनकी अध्यक्ष लक्ष्मी भण्डारीको सभापतित्वमा आयोजित साधारण सभाको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेकी थिइन् ।

Navadurga sun

प्रदेश सभा सदस्य देवकोटाले वन् संरक्षणको लागी एकजुट भएर उपभोक्ता अनुकुलको कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताईन । साथै उनले पधाधिकारी मात्र नभई उपभोक्ताले जागरुक भई सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिइन् ।

सबै स्थानीय सँगको सहकार्यले नै वनलाई संरक्षण गर्न सकिने, जनावर, चराचुरुङ्गी लगायतको संरक्षणमा पनि विशेष मद्दत पुग्ने साथै सामुदायीक वन घाँस दाउरा लागी मात्र नभई स्वास्थ्यलाई स्वच्छ अक्सिजनको आवश्यकता भएको हुँदा बोट बिरुवा हुर्काउन सके स्वच्छ अक्सिजन प्राप्त गर्न सकिने उनले बताईन ।

सामुदायिक बनले उपभोक्ताहरुको जिविको पार्जन, चोरिसिकारी नियन्त्रण, वन्यजन्तु सरक्षण गर्न जोड दिएको उनले बताईन । आन्तरिक र बाह्य पर्यटकहरुको अनुगमनको लागी पनि वातावरणमैत्री उद्यान निर्माण गरी वन संरक्षण गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।

उनले सम्पूर्ण क्षेत्रको विकासको लागी तिनै तहको सरकारसँग आफ्नो भूमिका सदुपयोग गरेर सक्रिय भएर लाग्न आवश्यक रहेको बताइन ।

यस्तै कार्यक्रममा वनकी अध्यक्ष लक्ष्मी भण्डारीले उपभोक्ताको जीवनस्तरमा सुधार ल्याउन जीविकोपार्जनका कार्यक्रम सञ्चालन, वन संरक्षण र सम्बद्र्धनका लागि उपभोक्तासँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु गरिरहेको बताईन् ।

संस्थागत रूपमा नेतृत्व विकास गर्दै सामुदायिक वनको बार्षिक आम्दानी, सामुदायिक वनको विधान अनुसार गरिबी न्यूनीकरण गर्दै, यसरी सामुदायिक वन सरक्षण, सम्बद्र्धन गर्दै सदुपयोग गरी उपभोक्तालाई सहज गराएको साथै वनले व्यवसायीमा आधारित भएर दुना टपरी उत्पादन गर्दै आइरहेको बताईन् । ३५ हेक्टर क्षेत्रफल रहेको वनमा १ सय ५ जना उपभोक्ताहरु रहेका छन् ।

सभामा गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा न. १ का अध्यक्ष गोपाल दत्त भट्ट, सब डिभिजन बन् कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडाल, नेफोनका प्रतिनिधि टीकादत्त जोशी लगायतको सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...