सुदूरपश्चिममा दशैंको अवधिमा २१ वटा सडक दुर्घटना, १३ जनाको मृत्यु

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा दशैको अवधिमा सडक दुर्घटनाबाट १३ जनाले ज्यान गुमाएका छन् । घटस्थापनाको दिनदेखि असोज ३० गते पूर्णिमा सम्मको अवधिमा भएका २१ वटा सडक दुर्घटनामा परि १३ जनाले ज्यान गुमाएका हुन ।

दुर्घटनामा परि ४६ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ। मृत्यु हुनेमा ९ पुरुष, ३ महिला र एक शिशु छन् । त्यस्तै घाइते हुनेमा २५ जना पुरुष, ३ महिला र ३ बालबालिकाको अवस्था गम्भीर रहेको छ । बाँकी १५ जनाको अवस्था मध्यम तथा सामान्य रहेको छ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी ट्राफिक प्रहरी निरीक्षक सुरजबहादुर खड्काले दसैँ अवधिमा प्रदेशका ४ जिल्लामा सवारी दुर्घटना भएको बताए । दसैँ अवधिमा सबैभन्दा धेरै सवारी दुर्घटना कैलालीमा भएका छन् । कैलालीमा १७ वटा सवारी दुर्घटना भएको उनले बताए । उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन् ।

Dadeldhura hospital

यस्तै डडेल्धुरामा भएका २ वटा दुर्घटनामा पाँच जनाले ज्यान गुमाउनुका साथै १४ जना घाइते भएका छन् । जसमा मंगलबार राती भएको बस सवारी दुर्घटनामा मात्रै ५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका छन् । दसैँ अवधिमा प्रदेशमा भएको यो नै सबैभन्दा ठुलो दुर्घटना पनि हो ।

त्यस्तै दसैँ अवधिमा भएको सवारी दुर्घटनामा कञ्चनपुर र बझाङमा एक-एक जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। सो अवधिमा कञ्चनपुरमा ६ जना घाइते भएका छन् । प्रदेशका अन्य जिल्लामा भने यो अवधिमा दुर्घटना नभएको प्रहरीले जनाएको छ ।

प्रदेशमा दसैँ अवधिमा ७ सय ९२ मोटरसाइकल सहित एक हजार ८५३ सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उक्त सवारी साधन कारबाहीबाट १३ लाख ५८ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको छ ।

गत वर्ष दसैँ अवधिमा सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका १४ सडक दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए भने ६ जना घाइते भएका थिए । त्यस्तै गत वर्ष २ हजार ३३६ सवारी साधन कारबाहीमा पर्दा ट्राफिक प्रहरीले १५ लाख ४ हजार रुपियाँ राजश्व सङ्कलन भएको थियो ।

Loading...