

धनगढी- कैलालीमा एक पुरुषले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन । जिल्लाको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन ।



बिहीवार राति १ बजे डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले बताएको छ । उनलाई इलाका प्रहरी कार्यालय, मालाखेतीको थुनुवा कक्षमा राखिएको छ ।


हीरादेवीको शव पोस्टमार्टमका लागि धनगढीको सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी हरेको बताएको छ ।





