भन्सार छलीका सामानसहित पसल सञ्चालक पक्राउ

Dadeldhura hospital

दार्चुला । दार्चुलामा भन्सार छलीका सामानसहित एक जना पसल सञ्चालक पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–४ घर भई हाल महाकाली नगरपालिका–४ भगवती टोलमा अमित किराना तथा थोक पसल संचालन गर्दे आएको देबेन्द्र सिंह ठगुन्ना मंगलवार पक्राउ परेका हुन्।

ठगुन्नाको पसलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा बिल नभएका भारतबाट भन्सार छली गरि ल्याएका पिठो, चामल, मार्कोनिक चिनी, सोयबिन, तेल, रिफाइन्ड तेल, बिंडी, चाउमिन, त्रिपाल, सलाई लगायतका सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उक्त सामान अन्दाजी ८६ हजार २९० मूल्य बराबरको रहेको प्रहरीले बताएको छ।

 

Godawari sandesh
Navadurga sun
Loading...