आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

आज बडा दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदैछ । नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजाअर्चना गर्न लागिएको हो । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ । 

शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो । सिंह माथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुष लगायत शस्त्र अस्त्र छन् ।
भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ । विधिपूर्वक उनको आराधना गर्नाले सबै बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ ।

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ । प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ ।

पुराण अनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो । दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय-समयमा विभिन्न रूप लिएको पुराणहरूमा उल्लेख छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरिएको घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ । यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ । 

Loading...