


धनगढी । कैलालीबाट लागू औषध, वन र चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर गरी फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा लागू औषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – १ का ५२ वर्षीय लक्ष्मी प्रसाद गुरागाई, वन मुद्दामा १३ हजार १५० जरिवाना तोकीएका धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोलका ४६ वर्षीय लाल सिह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका – ११ का २५ वर्षीय रमेश कठरीया रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

