सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोलीबाट आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । सुदूरपश्चिम टिमको नयाँ नाम ‘सुदूरपश्चिम रोयल्स’ रहनेछ ।


नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा देशभरका ८ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म एनपिएलका लागि ८ टोलीको मार्की खेलाडीको टुंगो यस अघिनै लागिसकेको छ । सुदूरपश्चिम प्रदेश टिमको क्याप्टेनमा स्ट्रार क्रिकेटर सुदूरपश्चिमकै चेला दिपेन्द्र सिंह ऐरी लक्की ड्र मार्फद छानिएका थिए ।



सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा सुदूरपश्चिमकै चेला क्रिकेटर अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्। सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिले लिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र मार्फद दिपेन्द्र ऐरी छनौट भएको थिए ।
काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।
मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । छनौट गरेको मार्की खेलाडीले ३ बर्ष सम्म खेल्नु पर्ने हुन्छ भने टिमबाट रिलिज गर्ने अधिकार फ्रेन्चाईज टिमको हुने र क्यानसँग समन्वय गरी टिलिज गर्न सकिने जानकारी नेपाल क्रिकेट संघका सदस्य धिरेन्द्र साउदले बताएका छन ।





