कैलाली र कञ्चनपुरमा लागु औषधसहित तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुर र कैलालीबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन्। कञ्चनपुरको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका– ११ डोकेबजारबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको लखिमपुर, पलियाका २० वर्षीय विकास पाल र बाजुराको बुढीनन्दा नगरपालिका–७, कोल्टीका १८ वर्षीय किशोर छन्।
पाल लागु औषध बेचिरहेको र बाजुराका किशोर किनिरहेको अवस्थामा पक्राउ परेका हुन्।

Navadurga sun

उनीहरूको साथबाट १ ग्राम १७० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीको भनाइ छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै कैलालीमा पनि लागु औषधसहित एक जना पक्राउ परेका छन्। अर्का एक व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित चैतन्य पाठशाला नजिकबाट धनगढी– १ का २४ वर्षीय भरत राज जोशी पक्राउ परेका हुन्।

शंका लागेर जाँच गर्दा उनको साथमा ८० मिलिग्राम लागु औषध खैरो हेरोइन फेला परेको प्रहरीको दाबी छ। उनीसँग सोधपुछपछि धनगढी उपमहानगरपालिका–५ का विनय थापाको घरमा तलासी गर्दा उनको कोठाबाट ७४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको र थापा भने फरार रहेको प्रहरीको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...