स्यालका लागि थापेको पासोमा चितुवा

बैतडी । बैतडीमा एक चितुवा पासोमा परेको छ। स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रवार राति १२ बजेतिर चितुवा परेको हो।

स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरुले स्यालका लागि पासो थापेका थिए। उक्त पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए। पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ।

Navadurga sun

पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली मगाउने काम भइरहेको ढुङ्गानाले बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...