बैतडी- सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलाको विद्युत सेवा अवरुद्ध भएकाे छ । आज बेलुका ५ बजेदेखि दुई जिल्लाकाे विद्युत सेवा अवरुद्ध भएकाे नेपाल विद्युत प्राधिकरण,बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पाैडेलले जानकारी दिनुभयाे ।



लगातारकाे बर्षाका कारण बलाचदेखि स्याउले जोड्ने १३२ के भी प्रसारणकाे लाइनकाे तार टुटेर ३३ केभी परेकाेले यहाँका दुई जिल्लाकाे विद्युत सेवा अवरुद्ध भएको हाे । उहाँले भन्नुभयाे,” १३२ के भि प्रसारणकाे लाइनकाे तार दार्चुलाकाे नाइलमा ३३ केभीमा खस्न गएर विद्युत सेवा अवरुद्ध भएकाे छ ।”


विद्युत सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । अवरुद्ध लाइन सञ्चालनका लागि प्राविधिककाे परिचालन गरिएको प्रमुख पाैडेलले बताउनुभयाे। दुई दिनदेखिको वर्षाले यहाँकाे जनजीवन प्रभावित भएको छ ।