अत्तरिया- सुदूरपश्चिमस्तरीय अन्तर क्याम्पस तथा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता–२०८१ मा एसपीए कलेज प्रथम भएको छ । अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा कैलाली बहुमुखी क्याम्पसमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा मा एसपीए कलेज पहिलो भएको हो ।
विद्यार्थीहरूमा भएको क्षमता, प्रतिभाका र ज्ञानको प्रस्फुटन गर्ने उद्देश्य सहित आयोजना गरिएको उक्त प्रतियोगितामा एसपीए कलेजबाट उप–प्राध्यापक इन्द्रमणि अवस्थीको नेतृत्वमा रञ्जित धनाडी बिएड चौथो वर्ष, गोविन्द कलौनी बिएड चौथो वर्ष, नेत्र बोगटी बिएड तेस्रो वर्ष र यशोदा जोशी बिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरू सहितको सहभागी टोलीले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार राशि एक्काइस हजार एक सय एघार रुपैयाँ सहित पुरस्कृत भएको छ ।
साथै आयोजकले द्वितीयलाई बाह्र हजार दुई सय बाइस र तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कार सात हजार सात सय सतहत्तर र प्रमाण पत्र प्रदान गरेको छ ।
हालै एसपीए कलेजका मेधावी विद्यार्थी धनगढीमा सम्पन्न क्षेत्रीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान र कञ्चनपुरमा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता–२०८१ मा तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । सो अवसरमा कलेज परिवारले सहभागी विद्यार्थीहरू लाई हार्दिक बधाई दिँदै आगामी भविष्यमा सफलताको कामना गरेको छ ।