बैतडी- बैतडीमा भुकम्प गएको छ । जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।




राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिगं आसपास केन्द्र विन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको छ ।


यस अघि गत असोज ४ गते धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने, असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्र विन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।




