


अत्तरिया- सुदूरपश्चिमै पहिलोपटक सुदूरपश्चिम विश्वविद्यालय स्तरीय प्रथम केएमसी अभ्यास अदालत प्रतियोगिता २०८१ असोज २ गते बुधबार उद्घाटन गरिएको छ । सुदूरपश्चिमकै पहिलो स्नातक तहमा कानुन संकायको पढाइ हुने क्याम्पसका रूपमा चिनिने कैलाली बहुमुखी क्याम्पसले कानुन संकायका विद्यार्थीहरूको पहल, क्याम्पस प्रशासन र सुदूरपश्चिम विश्वविद्यालयको सहयोगमा केएमसी अभ्यास अदालतको सुरुवात गरेका छन् ।


कार्यक्रमको उद्घाटन समारोह सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्तले गरेका हुन् । उद्घाटन समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक, मानविकी तथा कानुन संकायका डिन प्राध्यापक डा मुकुन्द कलोनी, धनगढी जिल्ला अदालत बारका अध्यक्ष इन्द्र प्रसाद लेखक कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्ट लगायत अतिथित्व रहेको थियो।




उद्घाटन समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा कानुन संकायका डीन प्राध्यापक डा. मुकुन्द कलोनीले मन्तव्यमा अभ्यास अदालत कानुन पढाइ हुने हरेक संस्थामा एकदमै अनिवार्य हुनुपर्छ उनको भनाइ छ ।
त्यस्तै कैलाली जिल्ला अदालत बारका अध्यक्ष यज्ञ प्रसाद लेखकले पनि हामी कानुन अध्ययन गर्ने विद्यार्थीलाई केही पर्दा अदालतमा आई सोधपुछ गर्न र सिक्न आउने विद्यार्थीलाई सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्टले विद्यार्थीलाई चाहिने साथ र सपोर्ट सधैँ गर्नेछौ भनेर वाचा गरेका छन्।
यस प्रतियोगितामा १० टिम रहेका छन् जसमध्ये आठ टिम कैलाली बहुमुखी क्याम्पसको रहेका छन् भने दुई टिम महेन्द्रनगर सेन्टर क्याम्पसका बाट रहेका छन् । आज पहिलो चरणको प्रतियोगिता हुने भएको छ र भोलि अन्तिम चरण अर्थात् समापन समारु पुरस्कार वितरण रहेको छ।
यस कार्यक्रमलाई सभ्य र भव्य ताका साथ सम्पन्न गर्न सबैले साथ र सहयोग गर्न कैलाली बहुमुखी क्याम्पसका कानुन संकायका विभागी प्रमुख अधिवक्ता पदम पाल आग्रह गरेका छन्।





