राष्ट्रिय शिक्षा दिवसमा गोदावरी नगरले गर्यो विद्यार्थी र शिक्षकलाई सम्मान

अत्तरिया- एसइईको परीक्षामा कैलालीको गोदावरी नगरबाट उत्कृष्ट नतिजा ल्याएका तीन जना विद्यार्थीलाई नगद सहित सम्मानित गरेको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा गोदावरी नगरपलिकाले शिक्षक सेवामा सेवा निवृत हुने शिक्षक, कर्मचारी, व्यक्तित्व कला, निबन्ध प्रतियोगितामा प्रथम हुने लगायत विभिन्न विधामा सबैलाई प्रमाणपत्र सहित सम्मान गरेको हो । गोदावरीका तीन विद्यायलबाट ४ जिपिए ल्याएका तीन जना विद्यार्थीहरुलाई सम्मान छ ।

Navadurga sun

कार्यक्रममा नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदादेवी रोकायाले एसईईमा ४ जिपिए हासिल गरेका अत्तरियाको दुर्गालक्ष्मी नमुना माविकी छात्रा नितिका अवस्थी, सत्यवती एकेडेमीका निर्मल ठगुन्ना र सैनिक आवासीय महाविद्यालय तेघरीका बिकास रावतलाई अविर र खादासँगै नगदले सम्मान गरेको हो ।

त्यसैगरी सो अवसरमा नगरस्तरिय निबन्ध लेखन प्रतियोगितामा अत्तरियामा रहेको लोट्स आई सेकेण्डरी स्कूलका विद्यार्थी विवेक बोहरा प्रथम भएका छन् । नगरपालिकाले सोमबार ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ शीर्षकमा विवेक प्रथम भएका हुन । प्रतियोगितामा दुर्गालक्ष्मी नमुना मावि की सन्ध्या अवस्थी द्वितिय, दुर्गा मावि कोल्मुडाका लक्ष्मण प्रसाद भण्डारी तृतीय र किड्स जोनका तनीस पाठकले सान्त्वना स्थान हात पारेका हुन ।

कार्यक्रममा नगर प्रमुख भट्टले सुदूरपश्चिममै उत्कृष्ट नतिजा ल्याएर शिक्षामा गोदावरी नगरपालिका उत्कृष्ट रहेको भनी चिनाउन सफल विद्यार्थीहरु प्रति आभार व्यक्त गरे । सकारात्मक सोचका साथ सबैको समन्वय रहेर अगाडि बढेमा हरेक कुरामा सफलता मिल्ने बताए ।

ADD Khali jpg
Loading...