बैतडीमा तीन दिन देखि विद्युत् सेवा अवरुद्ध

बैतडी- वर्षा र चट्याङका कारण गत बुधबार देखि बैतडीको विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लामा ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । 

Ganyapdhura gau

विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ । विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको बताएका छन् । लाइनमा आएको समस्या केही हदसम्म समाधान भए पनि मुख्य फेडरबाट लाइन नचलेको उनले बताएका हुन् । लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ ।

बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले शनिबार सम्म वर्षा हुने जनाउँदै बैतडी सहित सुदूरपश्चिमका ६ जिल्ला रेड जोडमा राखेको छ ।

लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ । रासस

Couple
Loading...