सुदूरपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत जोशीको करेन्ट लागेर मृत्यु

अत्तरिया- सुदूरपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत ५५ वर्षीय कृष्णदत्त जोशीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउँसो महेन्द्रनगर स्थित विश्वविद्यालयको कार्यकक्षमा फाइबरको तार मिलाउने क्रममा करेन्ट लागेर जोशीको मृत्यु भएको हो ।

Dadeldhura hospital

भीमदत्त नगरपालिका–१८ कटानका जोशीलाई करेन्ट लागेर घाइते भएपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

महाकाली प्रादेशिक अस्पतालमा दिउँसो ४ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए । शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

Loading...