मनाङ बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः पाण्डे

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको मनाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औ वार्षिक साधारण सभा तथा पाँचौं चुनावी सभा सम्पन्न भएको छ । शुक्रबार नमस्ते पार्टी प्यालेसमा वार्षिक साधारण सभा तथा पाँचौं चुनावी सभा सम्पन्न गरिएको हाे

Ganyapdhura gau

संस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत हरिदत्त भट्ट रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा नेपाल बचत तथा ऋण सहकारी संस्थाकी दिप्ती शाही थिइन ।

Navadurga sun

संस्थाको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष पाण्डेले प्रस्तुत गरेका थिए भने लेखा सुपरीवेक्षण समितिको तर्फबाट हरिदत्त भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । 

संस्थामा आर्थिक वर्ष २०७९/०८० मा शेयरपूँजी २ करोड १७ लाख ५९ हजार ७ सय रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा सो पूँजी २ करोड ३१ लाख ४६ हजार ६ सय रहेको छ । त्यस्तैगरी संस्थाको बचत आर्थिक वर्ष २०७९/०८० मा १० कराेड १६ लाख ९५ हजार ८ सय २० र  आर्थिक वर्ष २०८०/०८१ मा आएर ११ करोड ४ लाख ४६ हजार ७ सय २ रहेको छ । संस्थाको गत वर्षको खुदनाफा ४७ लाख २१ हजार ४४ रहेकाे छ भने यस वर्षको खुदनाफा १७ लाख २८ हजार २ सय ८१ रहेको छ । 

कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि भट्टले सबै मिलेर सहकारीको विकास गरौँ हामी सहकार्य गर्न तयार छौँ यस क्षेत्रका सहकारीहरूले बिना धितो कर दिएर केही गर्न चाहने व्यक्तिहरूलाई सहयोग गरिरहेका छन् । गोदावरी नगरपालिका सहकारीहरूको विकासको लागि सदैव तत्पर रहने र आफू प्रमुख प्रशासकीय अधिकृतको हैसियतले आफूबाट हुने सहयोग निरन्तर सहकार्यतिर दिने समेत बताएका छन् । 

Dadhaldhura pur

सभाको समापन गर्दै उक्त सहकारीका अध्यक्ष पाण्डेले संस्थालाई अझै अगाडि बढाउन आफूले सहयोग गर्ने र आज चुनावी सभा भएकोले नयाँ आउने समितिले पनि यसको सम्बर्धनको लागि सहयोग गर्दै जानु पर्दछ प्रदेश स्तरीय सहकारी सदस्य पुरस्कार पाएको यो संस्था अत्तरिया क्षेत्रकै अग्रणी रहेको बताए । नेपालमा केही सहकारीहरूले ठगी गरी सहकारीहरूलाई बदनाम गर्ने काम पनि गरेका छन् । यस्ता सहकारीहरुबाट हामीहरूले बच्नु पर्ने देखिन्छ उनले भने । 

कार्यक्रममा उत्कृष्ट ऋणी जगतनाथ गुप्ता‍, नियमित बचतकर्ता गणेश केसी र रामदत्त भट्ट साथै शेयर तर्फ शेयर सदस्य सुरज कुमार थापा र योगेश भट्टलाई सम्मान गरिएको थियो । २८ जना शेर सदस्यहरूबाट सुरु भएको यस संस्थाको अहिलेको शेयर सदस्य संख्या ६ सय ८५ रहेको छ। संस्थामा १५ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका लेखा समिति संयोजक हरिदत्त भट्टराई प्रस्तुत गरेकाे कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले गरेकाे कार्यक्रमका संस्थाका शेयर सदस्य, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।  

अध्यक्षमा पुनः वेद प्रकाश पाण्डे चयन


संस्थाको अध्यक्षमा पुनः बेद प्रकाश पाण्डेलाई चयन भएका छन् । शुक्रबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभा तथा ५ औं चुनावी सभाबाट संस्थाको सञ्चालक समितिको सर्वसम्मत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा जनकराज भट्टराईलाई चयन गरिएको छ यस अघि भट्टराई संस्था सञ्चालक समितिको सचिव रहेका थिए । त्यस्तै सचिवमा निरज कार्की, कोषाध्यक्षमा लक्ष्मी कुमारी भाट चयन भएका छन ।

त्यसैगरी संस्थाका सदस्यहरुमा गोविन्द वि.क., मिना देउवा, बालकृष्ण भट्टराई चयन भएका छन । त्यस्तै संस्थाको सुरज कुमार थापाको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । जसको सदस्यहरुमा आशिष भट्टराई र शंकर बहादुर कुँवर चयन भएका छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...