चिउरा उद्योगमा आगलागी हुँदा करिब २२ लाखको धनमाल जलेर नष्ट

धनगढी- कैलालीको गोदावरीमा चिउरा उद्योगमा आगलागी हुँदा २२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

Dadeldhura hospital

शुक्रबार बिहान गोदावरी नगरपालिका–५ गेटास्थित उमेशकुमार शाहले सञ्चालन गरेको चिउरा तथा भुजा उद्योगमा आगलागी भएको हो । विद्युतको तार सर्ट भएर आगलागी हुँदा करिब २२ लाख २२ हजार पाँच सय मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

आगलागी नियन्त्रणमा लिन प्रहरी चौकी गेटाबाट प्रहरी टोली खटिएको थियो। आगलागीबाट सो उद्योगभित्र रहेका चामल ५ सय कट्टा, सोयाबिन ३५० कट्टा र भुजा ४ सय कट्टा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ ।

Loading...